नेपाली चलचित्र जात्रा छायांकन पहिले नै प्रदर्शन मिति


सेलीब्रेटी नेपाल काठमाडौँ
nepali-movie-jatra
नेपाली चलचित्र बजारले अब नयाँ गति लिन थालेको छ भन्दा फरक नपर्ला केहि बर्ष पहिले सम्म चलचित्र बनेर प्रदर्शनका लागि बर्षौं सम्म पालो कुरेर बस्ने गर्दथे अब भने चलचित्रको छायांकन पहिले नै प्रदर्शन मिति तोकिन थालेका छन् यहि असार ५ गते बाट छायांकन सुरु हुने चलचित्र जात्राको प्रदर्शन मिति आगामी कार्तिक १९ गते लाइ तोकीई सकेको छ । चलचित्र जात्राको निर्माण घोसणा संगै प्रदर्शन मिति पनि सार्बजनिक गरिएको हो।

षट्कोण आर्ट प्रालिको व्यानरमा निर्माण हुन लागेको ‘जात्रा’लाई प्रदीप भट्टराईले निर्देशन गर्ने छन् । भट्टराईकै लेखन रहने यो चलचित्रका निर्माता सिंगे लामा र यादव पौड्ल हुन् । रविन्द्र सिंह बानियाँ चलचित्रका कार्यकारी निर्माताका रुपमा रहेका छन् । दीर्घ गुरुङको छायाँकन रहने फिल्ममा वर्षा राउत, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झाँलगायतका कलाकारले अभिनय गर्ने छन् । असन, इन्द्रचोक लगायत काठमाडौंका विभिन्न ठाउँमा छायाँकन हुने चलचित्रले मान्छेको सुख प्राप्तीको मनोदशलाई पर्दामा उतार्ने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.