ओ माइ म्यानको प्रिमिएर हेर्ने सबैले गरे तारिफ


सेलीब्रेटी नेपाल काठमाडौँ
पपुलर मल्टी मिडिया र पूनम इंटरटेनमेंटको ब्यानरमा निर्माण भएको लघु चलचित्र ‘ओ माइ म्यान’को प्रिमिएर क्यु एस सिनेमा हलमा सम्पन्न भएको छ । कलाकार तथा चलचित्र पत्रकारको बाक्लो उपस्थिति रहेको प्रिमिएर शोमा हल क्षमता भन्दा बढी दर्शक उपस्थित भएकोले चलचित्रको दुइ शो गरिएको थियो । मानिसले कति सम्म झुटो बोल्छन र कसरि अरुलाई झुक्याउछन् भन्ने मूल बिषयमा निर्माण गरिएको २२ मिनेटको चलचित्र लाइ रंग पत्रकार सुशील पौडेलले लेखेका हुन् । चलचित्र हेर्ने जति सबैले निर्माण युनिटको तारिफ गरे छोटो चलचित्रले पनि ठुलो बिषय लाइ उठान गरेकोमा सबैले खुसि व्यक्त गरे ।
oh-my-man
लक्ष्मी गिरी, रमा थपलिया, स्वस्तिका राजभण्डारी, शम्भु थापा, बाल कलाकार कुशाग्र भट्टराई र गणेश ढकालको अभिनय रहेको चलचित्र लाइ गोपालचन्द्र लामिछानेले निर्देशन गरेका हुन् भने चलचित्रका निर्माता पूनम गौतम र शक्तिबल्लभ घोरासैनि हुन् ।