युरोप बाट लप्पन छप्पन अब नेपालमा


सेलीब्रेटी नेपाल काठमाडौँ
गोल्डेन हिल्स पिक्चर्सको प्रस्तुति रहेको चलचित्र लप्पन छप्पन युरोपका विभिन्न भागको छायाँकन सकाएर अब नेपालमै छायाँकन गर्ने गरी फर्किएको छ । स्वीजरल्याण्ड जस्तो विकसित एवं रमणीय देशसहित हल्याण्ड, बेल्जियम एवं लक्जमवर्गमा छायाँकन गरिएको लप्पन छप्पनले युरोपको मुख्य रमणीय स्थानलाई क्यामरामा कैद गरेको छ । नेपाली चलचित्र यसरी युरोपसम्म पुगेर छायाँकन हुनु पनि आफैंमा उपलब्धी हो ।
lappachan-chhapan-barsha
लप्पन छप्पनमा हलिउडका कलाकार ओलिभर ब्लुर्कले अभिनय गरेका छन् । ओलिभरसँगै लप्पन छप्पनमा नेपाली चर्चित कलाकारहरुको बाहुल्याता छ भने विदेशमा रहेका नेपालीले पनि लप्पन छप्पनमा अभिनय गरेका छन् । लप्पन छप्पनमा सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा, वर्षा शिवाकोटी, श्याम श्रेष्ठ, देवु श्रेष्ठ, शिव खरेल, प्रकाशजंग शाह, सुन्दर श्रेष्ठ, शान्ति भट्ट लगायतका कलाकारहरुको जमघट रहेको छ । हलिउडका कलाकार सहित नेपालका चर्चित कलाकारहरुको अभिनयका कारण पनि चलचित्र हेर्नलायक बनेको निर्देशक मुकुन्द भट्टको दाबी छ । यसो त युरोपमा ५० प्रतिशत भाग छायाँकन गरिएको चलचित्र लप्पन छप्पनको ५० प्रतिशत छायाँकन नेपालमै पनि बाँकी छ ।

चलचित्रमा मुकुन्द भट्टले निर्देशन गर्नुका अलावा लेखन पनि गरेका छन् । चलचित्रको छायाँकार पुरुषोत्तम प्रधान हुन् द्वन्द्व निर्देशन चन्द्र पन्तले गरेका छन् । चलचित्रका सम्पादक सुरेन्द्र पौडेल हुन् भने संगीत दिपक आरजेको रहेको छ । चलचित्रका निर्माता डम्बर बहादुर चन्द, सहनिर्माता इन्द्रप्रसाद खरेल, कार्यकारी निर्माता सहदेव गौतम एवं प्रस्तुतकर्ता सानुका कँडेल रहेकी छिन् । चलचित्रलाई एक्सन थ्रीलर बनाईको छ ।