म त तिम्रै हुँ ट्रेलर सार्बजनिक डेब्यु नायक नायिका कस्तो होला चलचित्र


सेलिब्रेटी नेपाल काठमाडौँ
aakash-jyotsana
सुस्मिता के.सी.ले निर्माण गरेको चलचित्र ‘म त तिम्रै हुँ’ को गीत र ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा सोमबार आयोजित पत्रकार सम्मेलनमा सो चलचित्रको गीत र ट्रेलर सार्वजनिक गरिएको हो । ‘म तिमि बिना मरिहाल्छु’ निर्माण गरेको सात बर्ष पछि अभिनेत्री सुस्मिता केसीले निर्माण गरेको चलचित्र आउँदो साउन ७ गते बाट देशभर प्रदर्शनमा आउने छ ।
sushmita-ma-ta-timrai-hu
चलचित्र ‘म त तिम्रै हुँ’लाई श्रीराम महतले निर्देशन गरेका छन् । चलचित्रमा आकाश श्रेष्ठ र ज्योत्सना जोशीको अलावा सुस्मिता केसी सुशील काफ्ले,, जीवन भट्टराई, अनुपम श्रेष्ठ, सुसन खड्का लगायतको मुख्य अभिनय रहेको छ । आकाश र ज्योत्सनाले म तिम्रै हुँ’ बाट डेब्यु गरेका हुन् । सुस्मिता केसीको कथा रहेको यस चलचित्रमा सुवास थापाको समेत लगानी रहेको छ ।