सायद २ सेटमा निर्माताको बर्थडे सेलिब्रेसन


सेलिब्रेटी नेपाल काठमाडौँ
sunil-rawl
सुटिङ्को क्रममा पोखरामा रहेको सायद २ युनिट्ले निर्माता सुनिल रावलको जन्मदिन आफु बसेको होटल ब्लु बेरिमा मनाइएको छ । जेठ १८ गतेदेखी सायद २ युनिट आफ्नो अन्तिम छायांकनको लागी पोखरामा रही आएको छ । बर्षाले प्रभबित गरेता पनि छायांकन तिब्र गतिमा भइरहेको छायाँकार राजु बिक्रम थापाले जानकारी गराए । चलचित्र सायद २ मा सुसिल श्रेष्ठ, अमृत ढुङाना, स्यारोन श्रेष्ठ, बुद्दिलाल मगर, निसा कार्कि, कुसल पाण्डे को मुख्य भूमिका रहेको छ । पुस्पराज न्यौपानेले निर्देसन गरेको यस चलचित्रमा अस्ट महर्जनको द्वन्द निर्देशन, गोबिन्द राइको नृत्य निर्देशन रहेको छ । सायद, होस्टेल , होस्टेल रिटर्न्स , जस्ता सफल चलचित्र दिएको दुर्गेश फिल्मसले यो चलचित्र निर्माण गरेको हो ।