सेलिब्रेटी नेपाल काठमाडौँ
अभिनेता भुवन केसीले चलचित्र पाइरेसी भए बापत २५ लाख क्षतीपुर्ती पाएका छन् । ब्यबसायिक रुपमा सफल बनेको चलचित्र ‘ड्रिम्स’ हाइलाईट्स नेपालका दुई कर्मचारीबाट पाइरेसी भएको कुरा प्रमाणित भएपछि उनले सो क्षतीपुर्ती पाएका हुन् । ‘ड्रिम्स’ पाइरेसी भए लगत्तै निर्माता भुवन केसीले १ करोड क्षतिपुर्ती पाउँ भनेर अदालतमा मुद्दा दायर गरेका थिए। भुवन के.सी.ले क्षतिपुर्तीको लागि मुद्दा दर्ता गरेको होइन दोषी लाइ जेल सजाए हुनुपर्छ भन्दै आएका थिय । अब क्षतिपूर्ति पाए पछी भुवनको कदक के हुन्छ त्यो त हेर्न बाँकि नै छ । पाइरेसीमा संलग्न ब्यक्ति बिधान गुरुङ र उनैका साथी चन्द्र नागाजुलाई प्रहरी हिरासतमा राखेको छ । जसमा बिधान गुरुङ हाइलाईट्स नेपालकै कर्मचारी हुन् । हाइलाइट्सले ड्रिम्सको युट्युव र भिसिडी राइट्स १४ लाखमा किनेको थियो ।