सेलिब्रेटी नेपाल भैरहवा
जानकारी नदिइ पत्रकारलाई निश्कासन गरेको गरेको भन्दै रुपन्देहीको भैरहवामा रहेको रुपन्देही एफएम को प्रशासन र लेखा शाखामा पत्रकारले तालाबन्दी गरेका छन् ।पटकपटक एफएम सञ्चालक र व्यवस्थापन पक्षलाई निश्कासित पत्रकारहरु दिपेश पछाई र पुष्पा खनाललाई बिनासर्त पुनर्वहाली गर्न आग्रह गर्दा समेत बेवास्ता गरेकाले नेपाल पत्रकार महासंघ रुपन्देहीको अगुवाईमा तालबन्दी गरिएको पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेरबहादुर केसीले जानकारी दिए । निश्कासित पत्रकारहरुको पुनर्वहाली नभएसम्म आन्दोलन जारी रहने महासंघले बताएको छ । पत्रकार निश्कासनको प्रेस युनियन, प्रेस चौतारी, क्रान्तीकारी पत्रकार संघ, प्रगतीशिल पत्रकार संघ लगायतले पनि विरोध गरेका छन् ।