रहेनन कमेडी कलाकार रज्जाक खान


सेलिब्रेटी नेपाल काठमाडौँ
rajjak-khan
चर्चित टेलिभिजन शो कमेडी नाइट्स विथ कपिल मा गोल्डेन भाईको नामले चर्चित हाँस्य कलाकार रज्जाक खानको मृत्यु भएको छ कलाकार सहजाद खानले गुगल प्लसमा एउटा फोटो शेयर गर्दै रज्जाक भाइको मैले गुमायं भन्दै लेखेका छन् । मुम्बईको एक हस्पिटलमा उपचारको क्रममा उनको निधन भएको हो बुधबार दिउँसो उनलाई हृदयघात भएको थियो उनका छोरा असद खान हाल क्रयेसियामा रहेका छन् उनि आए पश्चात बिहिबार सांझ अन्तिम संस्कार गरिने कुरा उनको पारिवारिक श्रोतले जनाएको छ ।

रज्जाकले सलमान खान,साहरुख खान,गोबिन्दा संग थुप्रै फिल्ममा काम गरि सकेका छन् । रज्जाकले सन् १९९३ मा ‘रुप कि रानी चोरोनका राजा’ नाम चलचित्रमा अभिनय गरेका थिए । यसपछि उनले दर्जनौ चलचित्रमा अभिनय गरेका छन् । ‘दिल तेरा आशिकी, मोहरा, चाहत, दरार, राजा हिन्दुस्तानी, यसवन्त, वादशाह, सनम, इश्क’ लगायतका चलचित्रमा उनले अभिनय गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.