एउटा सेलिब्रेटीलाइ त फसाउछन् भने सामान्य मान्छेको अवस्था के होला ? नायक राज


सेलिब्रेटी नेपाल काठमाडौँ
नेपालमा सेलिब्रेटी बन्न धेरै गार्हो छैन तर सेलिब्रेटीको स्टार डम राखी रहन निकै नै गार्हो छ । जीवनमा कहिले काँही सोच्दै नसोचेको घटना पनि घट्ने गर्दछ यस्तै नायक राज घिमिरेको जीवनमा पनि आइ पर्यो उनि अपहरण मुद्दामा परे र अहिले उनीले अदालत बाट सफाई पाएका छन् । ललितपुर बस्ने कुमार सिलवालको अपहरण र शरिर बन्धक मुद्दामा जिल्ला अदालतबाट सफाई पाएका राज घिमिरेले श्रीमतिको मृगौलाको उपचार गर्न सापटी स्वरुप दिएको साढे तीन लाख रुपैया फिर्ता नगर्ने नियतले आफूलाई फसाउने प्रयास गरेको दावी गरेका छन । उनले सो रकम बराबरको बाउन्स चेक समेत सिलवालले आफूलाई पटक पटक दिएर झुक्याएको जानकारी दिए ।
raj-ghimire
रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनले आफूले दिएको सापटी पैसा लामो समय फिर्ता नदिएपछि स्थानीय कफि सपमा बोलाएर फिर्ता दिन आग्रह गरेपछि त्यो पैसा नदिने नियतले अपहरणमा उजुरी दिएर फसाएको भन्दै आफू जस्तो जाने बुझेको मानिसलाई यसरी सहजै फसाईन्छ भने विकट गाँउका यूवाहरुको हालत के होला ? भनि प्रश्न गरे । उनले आफ्नै मामाको भतिजा समेत रहेको सिलवालले सो रकमबाट सात लाख रुपैया लिएर मौन बस्न गरेको आग्रहलाई आफूले अस्विकार गरेपछि आफूहरु विरुद्ध षडयन्त्र सुरु गरिएको बताए ।

घिमिरेविरुद्ध सिलवालले २०७२ पुस २ गते मुद्दा दायर गरेका थिए जसको फैसला गत बैशाख २९ गते जिल्ला अदालत ललितपुर गरी राज घिमिरेलाई निर्दोष प्रमाणित गरेको थियो । उनले अदालतको न्यायपछि अब आफू फेरि नेपाली चलिचत्र उद्योग र समाजसेवामा निरन्तर लागिरहने प्रतिबद्धता ब्यक्त गरे । पत्रकार सम्मेलनमा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई, कलाकार एवम निर्माता भानुप्रताप, आशा नेपालकी विमला थापा, अधिवक्ता विजय सिलवाल, नायिका दिपशिखा खड्का, पीडित कैदि बन्दी परिवारका अध्यक्ष जीवन रायमाझी लगायतकाले राजले न्याय पाएकोमा खुसी ब्यक्त गर्दैै उनको भविष्यको सफलताको कामना ब्यक्त गरेका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.