प्रेमीले अन्तै बाटो मोडेपछि के गरे लिसराले ? (भिडीयो)


सेलिब्रेटी नेपाल काठमाडौँ
manisha-rai
जिबन भर सङ्गै बाँच्ने सङ्गै मर्ने अनि हरेक सुख दुख पिर ब्यथा छिचोलेर जिबनलाई रङ्गिन बनाउने सुनौलो सपना हरेक प्रेमि प्रेमिकाले देख्नु स्वभाभिक हो । जस्ले सपना देख्छ अक्सर उसैले प्रगती गरेको कयौँ उदाहरण हामीसंग छ । नदेखुन पनि किन मायाले नै जिन्दगीको निर्धारण गरेको हुन्छ । माया सबथोक हो भन्छन, मायामा सफलता हासिल गरेका प्रेमीहरुले । अनि माया बिष हो, माया स्वार्र्थी हुन्छ भन्छन, मायामा धोका पाएका प्रेमिप्रेमीकाहरु । जस्ले जे भनेपनि जसरी ब्याख्या गरेपनि जिवनमा हरेक ब्यक्ति एकपटक प्रेममा परेकै हुन्छ ।

फरक यति मात्रै हो, धेरैको प्रेम सफल हुन्छन । बाँकीका असफल । यहाँ यस्तै भएको छ सङ्गै जिउने बाँचा गरेका किमसम राईले अन्तै बाटो मोडीदिएपछि प्रेमिका लिसरा राई छटपटिएर बिगतका दिन सम्झदैँ आँशुका धारा बगाउँदै रोईरहेकी छिन । लिसरा राई रोएकी रियल लाईफ नभई रिल लाईफमा हो । हालै बजारमा सार्बजनिक भएको गित संगै जिउनेमा गरिएको अभिनयमा उनले आँशु झारेकी हुन । म्युजिक नेपाल मार्फत सार्बजनिक उक्त भिडियोमा किमसम राई,लिसरा राई र बालकलाकार पुष्पा राईले अभिनय गरेका छन । अनिल कोयी राईको शब्द संगितमा रहेको गितमा स्वरकी धनी मनिषा राईले कर्णप्रिय आवाज दिएकी छिन । किमसम राईको निर्देशनमा बनेको उक्त भिडियो फाैदा प्रिन्स तामाङले खिचेका हुन । प्रस्तुती कूल तामाङ

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.