भानुको ‘लाल्टीन’ यस्तो छ फर्स्टलुक


सेलिब्रेटी नेपाल काठमाडौँ
चलचित्र ‘लाल्टीन’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ । बिहिवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको पोस्टर सार्वजनिक गरिएको हो । कलाकार भानु प्रतापको प्रस्तुतीमा बनेको चलचित्र ‘लाल्टीन’ एमसन पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भएको हो यस चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, अर्जन गुरुङ, रिया श्रेष्ठ, रामकेशर बोगटी, जनक बर्तौला, मोहनविक्रम श्रेष्ठ, लिलामाया ढकाल, कमल आले, नविन शाह आदि कलाकारको मुख्य अभिनय रहेको छ भने राज कटुवाल र निर्जन थापाले यसै चलचित्रबाट ठुलोपर्दामा डेब्यु गर्दै छन् । उनिहरु दुवै र्‍याम्प मोडलिङबाट आएका हुन् । साथै यसै चलचित्रबाट अर्जुनजंग शाही र मेलिना मानन्धरले कमब्याक गरेका छन् ।
laltin poster
देवकुमार श्रेष्ठ निर्देशित ‘लाल्टीन’मा अनिम श्रेष्ठ र राज केसी निर्माता रहेका छन् भने मनोज राजभण्डारी र दीपक श्रेष्ठ सह-निर्माता छन् । विनोद ढकाल, किरण माइकल र डिजराज पौडेलको संगीत रहेको यस चलचित्रमा भानु प्रताप र किरण माइकलको आलेख रहेको छ । चलचित्रका गीतमा विनोद ढकाल, आस्था राउत, सोमिया बराइली, डिजराज पौडेल, किरण माइकल र बोनी श्रेष्ठको स्वर रहेको छ । रोशन श्रेष्ठको द्वन्द्व रहेको ‘लाल्टीन’मा कविराज गहतराज, डिकेश र भानुप्रतापको कोरियोग्राफी रहेको छ । एक्शन, कमेडी तथा सोशल ड्रामामा आधारित यस चलचित्रका छायाँकार हरि घले लामा हुन् भने सम्पादक अर्जुन जिसी र मिलन श्रेष्ठ हुन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.