नारीको भूमिकामा देखिएका हमालको गर्जन सहितको सकुन्तला ट्रेलर (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
महानायक राजेश हमालको नारी अवतार रहेको फिल्म ‘सकुन्तला’को ट्रेलर सार्वजनिक गरिएको छ । भदौ १० गतेबाट प्रदर्शनको तयारीमा रहेको सकुन्तलाको टिजरमा हमाल सम्पूर्ण नारीको सम्मानका लागि भन्दै एक्सन अवतारमा प्रस्तुत भएका छन् । नारी पात्रका रुपमा हमाललाई प्रस्तुत गरिए पनि स्वर भने हमालको सक्कली नै राखिएको छ । दिनेश श्रेष्ठले निर्देशन गरेको सकुन्तलामा हमालसँगै नायिका अनु शाह, किशोर खतिवडा, स्मृती श्रेष्ठ, रविन्द्र बस्नेत मुख्य भूमिकामा देखिने छन् । चलचित्रलाई महेश्वर खत्रीले निर्माण गरेका हुन् ।एक समय थियो राजेश हमाललाइ चलचित्र लिना साथ निर्माता सेफ हुन्थे । पछिल्लो समय अन्य नायक हरुको प्रवेश संगै हमाल चलचित्रमा कम देखा पर्न थाले । अब यो चलचित्र सकुन्तलाले निर्माता लाइ कस्तो साथ दिने छ त्यो त प्रदर्शन पश्चात नै भन्न सकिन्छ । श्रीपसन खत्रीको प्रस्तुतीमा तयार भएको यस सिनेमामा नायिका अनु रिपोर्टरको भुमिकामा देखा परेकी छिन् । सस्पेन्स कथाबस्तु भएको यो सिनेमामा अर्जुन पोख्रेलको संगीत, अष्ट महर्जनको एक्सन, माइकल चन्दको नृत्य निर्देशन रहेको छ ।