धर्मेन्द्र सेवानको नयाँ गीत जाँदा जाँदैमा रक्षा र सुन्दर


सेलिब्रेटी नेपाल काठमाडौँ
Rakshya-shrestha
नेपाली संगीत बजारमा एउटा ट्रयाकमा मेल र फिमेल भर्सनमा गीत रेकर्ड गर्ने प्रचलन बढेको छ । गायिका रजीना रीमालको स्वरमा रहेको गीत जाँदा जाँदै को भिडियो केहि महिना पहिले सेलिब्रेटी नेपालले निर्माण गरेर सार्बजनिक गरेको थियो सोहि गीतको मेल भर्सनमा रहेको गायक धर्मेन्द्र सेवानको आवाजमा रहेको उही गीत जाँदा जाँदैको भिडियो छायांकन सम्पन्न भएको छ ।
dharmendra-sewan
युवा संगीतकार बिक्रम सुवालको संगीत र धुर्बकृष्ण ताम्राकारको शब्द रहेको जाँदा जाँदै उही तिम्रो याद आयो बोलको गीतको मेल भर्सन भिडियोमा एक दर्जन भन्दा बढी म्युजिक भिडियो र २ वटा चलचित्रमा समेत काम गरि सकेका सुन्दर थामी र भद्रगोल बाट लोकप्रिय बनेकी कलाकार रक्षा श्रेष्ठको अभिनय रहेको छ । पवन शाक्यले निर्देशन गरेको भिडियो लाइ फराज अर्पणले छायांकन गरेका छन् । बिछोडको भाव बोकेको गीत भएकोले भिडियोमा पनि बिछोड कै कथा लाइ देखाउने प्रयास गरिएको छ । अबको केहि दिनमा नै भिडियो सार्बजनिक हुने कुरा निर्माण पक्षले जानकारी गराएको छ ।


रजीनाको आवाजमा रहेको जाँदा जाँदै भिडियो

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.