सौगात र कर्माको फरक गेटअपमा लुकामारी ट्रेलर सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ
saugat-malla
श्री राम दाहाल निर्देशित चलचित्र लुकामारीको दुइ वटा गीत सार्बजनिक भए संगै नेपाली चलचित्र बजारमा चर्चामा रहेको छ लुकामारी । लुकामारीको ट्रेलर सार्बजनिक भएको छ। सार्बजनिक ट्रेलरमा नायक सौगात मल्ल र नायक कर्मा लाइ फरक रुपमा देख्न सकिन्छ । अबको प्रतिक्षित चलचित्र लुकामारी लाई सुरजमान सिंह भण्डारीले निर्माण गरेका हुन् । चलचित्र यहि असार १० गतेबाट प्रदर्शनमा आउने छ ।

सुशन प्रजापतिले खिचेको यस चलचित्रमा कोरियोग्राफी रेनशा वान्तवा राइले गरेकी छिन् । चलचित्रमा सौगात मल्ल, कर्मा, विक्रम सिंह, सुरविना कार्की, रीस्ता बस्नेत, कृष्णभक्त महर्जन, जेवी डीसी लगाएतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रमा निर्देशक श्रीराम दाहालकै कथा छ रहेको छ ।