सुस्मिताको ‘म त तिम्रै हुँ’ फर्स्ट लुक पोस्टर सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ
नेपाली चलचित्र बजारमा सुस्मिता के.सी.लाइ नचिन्ने कमै छन् उनलाई अभिनेत्री भन्दा पनि भुवन के.सी.को श्रीमती भनेर धेरैले चिन्दछन उनै सुस्मिताले निर्माण गरेको चलचित्र ‘म त तिम्रै हुँ’को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा दुइ कलाकार आकाश श्रेष्ठ र ज्योत्सना योगीलाई देख्न सकिन्छ ।
Ma-ta-timrai-hu
अनमोल केसीको ब्यानरमा निर्माण भएपनि उनि भने चलचित्रमा देखिने छैनन् । यो चलचित्र श्रावण ७ गते बाट देशभर प्रदर्शनमा आउने छ । श्रीराम महत निर्देशित चलचित्रमा आकाश र ज्योत्सनाको अलावा सुस्मिता केसी सुशिल काफ्ले, जीवन भट्टराई, अनुपम श्रेष्ठ, सुसन खड्का लगायतको अभिनय देख्न पाईनेछ । चलचित्रमा सौरभ लामाको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन, हिमाल केसीको द्वन्द्व निर्देशन, हर्कुलस बस्नेतको संगीत तथा कृष्ण आचार्यको पटकथा सम्वाद रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.