‘नेपाली सेनाप्रतिको गौरव चकनाचुर भयो’ राजेश हमाल


सेलिब्रेटी नेपाल काठमाडौँ
बलिउड हिरोइन सोनाक्षी सिन्हा र मलाइका अरोराको स्वागतमा नेपाली सेनाको दुरुपयोग भएको भन्दै अभिनेता राजेश हमालले पनि कडा आलोचना गरेका छन् । हमालले आफ्नो फेसबुक पेजमा सेनाको कार्यबाट आफूलाई हिनताबोध भएको उल्लेख गरेका छन् । ‘नेपाली सेना देशको गौरव हो,’ कान्तिपुर दैनिकको समाचार कटिङसहित उनले लेखेका छन्, ‘तर यो समाचार पढेपछि देशको एउटा नागरिककोरुपमा मेरो गौरव चकनाचुर भएको छ ।’
rajesh-hamal-drama
हमालले सेनाको कार्यबाट आफूलाई हिनाताबोध महसुस भएको उल्लेख गर्दै भनेका छन्, ‘यदि विदेशबाट आएका कलाकारलाई स्वागत गर्नु थियो भने सादा पोसाकमा जान सक्थे ।’हिरोइन स्वागतमा सेनाको दुरुपयोग भएको भन्दै आलोचना भएपछि जनताको गुनासो सुन्ने प्रधानमन्त्री कार्यालय अन्तर्गतको हेलो सरकारले रक्षा मन्त्रालयसँग जवाफ मागेको छ ।
कान्तिपुरबाट साभार

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.