रजनीकान्तलाइ भारि परे सलमान


सलमान खान बलिउडका ‘सुल्तान’ हुन् भने रजनीकान्त दक्षिण भारतीय चलचित्रका ‘मेगा स्टार’। दुवैका धेरै फ्यान र फलोअर रहेका छन् । दुवै सुपरस्टार्सले अहिले सम्म एकै साथ काम गरेका छैनन् । यी दुवै अभिनित चलचित्र प्रदर्शनको मिति दर्शकले कुरेर बसेका हुन्छन। रजनीकान्तको चलचित्र हिन्दी बाहेक अन्य भाषाहरुमा पनि डबिङ् भएर रिलीज हुने गर्दछ ।
sultaan-kabali
यस बर्ष ईदमा सलमानको ‘सुल्तान’ रिलीज हुदैछ । त्यस्तै रजनीकान्तको ‘काबली’ पनि ईदको अवसरमा रिलीज हुने तय भएको थियो तर ‘काबली’ को निर्माण युनिटले ‘सुल्तान’ सँगको टकराव टाल्नलाई आफ्नो चलचित्रको रिलीज डेट एक हप्ता अगाढि सारेका छन् ।’काबली’ १ जुलाईमा रिलीज हुने भएको छ ।