थपियो चलचित्र नगरीमा अर्को एवार्ड,कलाकार संघले गर्ने भो फान अवार्ड


सेलिब्रेटी नेपाल काठमाडौँ
नेपाली चलचित्र बजारमा अर्को एउटा अवार्ड थपिने भएको छ। नेपाल चलचित्र कलाकार संघले नेपाली चलचित्र लाइ समेटेर फान अवार्ड गर्न लागेको आधिकारिक जानकारी आज एक औपचारिक कार्यक्रमको आयोजना गरेर दीइएको हो । आउँदो असार १८ गते शनिबार आर्मी अफिसर क्लबमा अवार्ड वितरण गरिने छ ।
ramkeshar-bogati-faan-award
लाइफ टाईम अचिभमेन्ट अवार्ड सहित २१ विधामा अवार्ड वितरण गरिने छ एक जना बरिस्ट कलाकार लाइ नगद एक लाख एघार हजार रुपैंया सहित लाइफ टाईम अचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ । कि एडभरटाईजिंगको सहकार्यमा हुन लागेको अवार्डका संयोजक कृष्ण मल्ल रहेका छन् । कि एडभरटाईजिंगले लगातार तिन बर्ष सम्म एवार्डमा साथ दिने भएको छ । आज आयोजित कार्यक्रममा कलाकार संघका अध्यक्ष राम केशर बोगटी र कि एडभरटाईजिंगका प्रमुख शशी रिजाल बीच सम्झौता पत्रमा हस्ताक्षर समेत भयो । कलाकार संघका पधाधिकारी तथा बरिस्ट कलाकार निर शाहको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.