बाबुको रेसपेक्ट ठूलालाई सम्मान सानालाई माया


सेलिब्रेटी नेपाल काठमाडौँ
बाबू बोगटीले आफ्नो पाँचौं सोलो एल्बम सार्बजनिक गरेका छन् । संगीतको बजार घट्दै गएको समयमा पनि एल्बम सार्बजनिक गर्नु चानचुने कुरा होइन ।गायक बाबु बोगटीले आफ्नो पाचौँ एल्वम ‘रेसपेक्ट’ठूलालाई सम्मान सानालाई माया बजारमा सार्वजनिक गरेका छन् । २०५७ सालबाट सांगीतिक यात्राको औपचारिक सुरुवात गरेका बोगटीले सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरेर एल्वमको सार्वजनिक गरेका हुन् ।
baboo bogati album
उनको एल्वम ‘रेसपेक्ट’मा ९ गीत संग्रहित छन् । यो एल्वमका सम्पूर्ण गीतमा गायक बोगटी आफैले संगीत गरेका छन् । बासुदेव मुुनाल, टंक विकल्प, लोकेश बोगटी, राजेश घतानी र गायक बोगटी स्वयमका शब्दहरु एल्वममा समावेश छन् । धेरैपछि, साली ओ, म त हिड्नुु पर्ने लगायतका गीत एल्वमभित्र संग्रहित छन् । एल्वम सार्वजनिक कार्यक्रममा सोहि एल्वम भित्रका २ गीतको म्यूजिक भिडियो समेत देखाईएको थियो ।
Tara-thapa-baboo
संगीत नाट्य सस्थानका सदस्य सचिव गणेश रसिकको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नायिका करिश्मा मानन्धर, बरिष्ठ गजलकार डा. कृष्णहरी बराल, कवि उप्रेन्द्र सुुब्बालगायतका श्रष्टाको उपस्थिती रहेको थियो । बरिष्ठ गायिका तारा थापालाई सोही कार्यक्रममा ११ हजार १ सय ११ नगद सहित सम्मानपत्रले सम्मान गरिएको थियो ।