बलिउडकी अग्ली नायिका सुस्मिताको डेब्यु


मुम्बइ एजेन्सी
बलिउड अभिनेत्री सुष्मिता सेनले फिल्मी जगत्मा डेब्यू गरेको उहिले हो । फिल्मी दुनियाँमा डेब्यू गरेयता निरन्तर सफल हुँदै गएकी उनले पुनः अर्को दुनियाँमा डेब्यू गरेकी छिन्।
susmita sen
उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा डेब्यू गरेको खबर विभिन्न भारतीय अनलाइनले प्रकाशन गरेका छन् । यसअघि ट्वीटरमा खाता खोलिसकेकी उनले गत साता इन्स्टाग्राममा खाता खोलेर केही बोल्ड तस्बिर सेयर गरेकी छिन् । इन्स्टाग्राममा सुष्मिताले प्रवेश गर्नासाथ उनलाई ‘फलो’ गर्ने फ्यानहरूको लर्को लागेको छ । केही दिनभित्रमै उनले इन्स्टाग्राममा हजारौँ फलोअर बनाइसकेकी छिन् ।