नायिका अनु शाह संग आँखा जुद्दा के भो सनमको हालत (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
narayan babu koiralaबनारस बाट संगीतमा बिसारत गरेका गायक नारायण बाबु कोइरालाको दोस्रो एकल एल्बम नक्षेत्रमा समाबेश आँखा जुध्यो चाहनामा ..बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ। भिडियोमा एक युवती संगको प्रेम र धोका लाइ देखाउन खोजिएको छ ।
निर्देशक जीवन शाहीले भिडियोमा लामै कथा बुनेका छन् करिब पाँच मिनेटको गीत भित्र एउटा चलचित्रकै कथा छ भन्दा पनि फरक पर्दैन । गायक नारायण बाबुको पहिलो एल्बम नजिरमा समाबेश कतै पन्चे बाजा बज्दा..ले नारायण बाबु लाइ दर्शक श्रोता माझ परिचित भईसकेका छन् अब यो गीतले उन लाइ अझै सफलताको शिखरमा पुर्याउनेछ भन्नेमा उनि निकै आशा बादी रहेका छन् ।
Anu shaha
राकेश कसजुको शब्द रहेको गीतमा गायक स्वयम् नारायण बाबुकै संगीत रहेको छ । अहिलेकी चल्तीकी नायिका अनु शाह र मोडल सनम कठायतको साथमा समिर के.सिको अभिनय रहेको भिडियो लाइ उत्सब दाहालले छायांकन गरेका हुन् भने अर्जुन पोख्रेलको सम्पादन रहेको छ । म्युजिक ग्यालरी मार्फत सार्बजनिक गरिएको भिडियो लाइ निर्देशक जीवन शाहीले सक्दो मेहनत गरेर उत्कृस्ट बनाउने प्रयास गरेका छन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.