‘वर्ल्ड फिल्म फेष्टिभल’ अब नेपाली चलचित्र



सेलिब्रेटी नेपाल काठमाडौँ

पि एण्ड एम इनोभेटिभ सर्भिस नेपालले ‘वर्ल्ड फिल्म फेष्टिभल’मा नेपाली चलचित्रले सहभागीता गराउने भएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा आयोजक इनोभेटिभ सर्भिसले महोत्सवका बिभिन्न पक्षबारे जानकारी गरायो । कार्यक्रममा इनोभेटिभ सर्भिस नेपालका निर्देशक शिवराज कार्कीले नेपाली कला संस्कृतिलाई अन्तराष्ट्रिय पहुँचसम्म पुर्याउन चलचित्र ‘वर्ल्ड फिल्म फेष्टिभलमा’ सहभागी गराउन लागेको बताए ।

बुधबारबाटै चलचित्रहरुलाई आवेदन खुल्ला समेत गरिएको छ । फेष्टिभलमा जुनै भाषामा निर्माण भएका चलचित्र ,भिडियो चलचित्र, टेलिचलचित्र,डकमेन्ट्री, म्युजिक भिडियो फिक्सन, ननफिक्सन जुनै प्रकारका मनोरञ्जनात्मक सामाग्रीले पनि सहभागीता जनाउन पाउँनेछ । नेपाली चलचित्रको बिषयमा भने २०७३ बैशाख ३० गते भित्र प्रदर्शनमा आएकाले मात्र सहभागिता जनाउन पाउँने प्रवधान आयोजकले अगाडी सारेको छ । सहभागी हुने चाहने चलचित्रले यही जेठ ३० गतेसम्म आवेदन फारम भरिसक्नु पर्नेछ ।
film festival
आगामी जुलाई २२ देखि ३०(यही ७ साउन देखि १४)सम्म एक साता अमेरीकाको क्यालिफोनिया स्थित मिलकपिटास शहरमा आयोजना हुने फेष्टिभलमा बिश्वका ३० भन्दा बढी राष्ट्रहरुको सहभागीता रहनेछ । फेष्टिभलमा नेपाल यस पटकबाट मात्रसहभागी हुन लागेको हो । फेष्टिभलमा बेष्ट वल्ड इज गोल्ड, बेष्ट क्लासिक आइकन,बेष्ट चलचित्र,बेष्ट फिचर साउथ एसिया, बेष्ट डकुमेन्ट्री, बेष्ट सट फिल्म, बेष्ट निर्देशक ,बेष्ट सट स्कृन प्ले, बेष्ट म्युजिक भिडियो, बेष्ट निर्माता , बेष्ट अभिनेता ÷अभिनेत्री, बेष्ट डेब्यु निर्देशक ,बेष्ट सह– अभिनेता ÷अभिनेत्रीलगायत २२ बिधामा पुरस्कृत हुनेछन् । प्रत्येक बिधाका लागी आवेदन परेका चलचित्र तथा चलचित्रकर्मी मध्यबाट छानिन् सफल उत्कृष्ट पाँचले मात्र महोत्सवमा सहभागीता जनाउन पाउने आयोजकले जनाएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.