“यो मन मुटु”को म्युजिक भिडियो सार्वजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ
आधुनिक गीत “यो मन मुटु”को म्युजिक भिडियो सार्वजनिक भएको छ । माननीय संचार मन्त्रि शेरधन राईले काठमाडौँ स्तिथ मिडिया इन्टरनेसनलको सभा हलमा बिसेष कार्यक्रमका बीच भिडियो रिलिज गरेका हुन् । संचारकर्मी ,कलाकार तथा बिभिन्न क्षेत्रका सहभागीका बीच मन्त्रि राईले भिडियो सार्बजनिक गरेका हुन् ।
yo maan
रामचन्द्र थापाको शब्द र स्वरमा रहेको आधुनिक गीत “यो मन मुटु” मा कृष्ण दीप लोप्चनको संगीत रहेको छ । संचारकर्मी द्वय भोला दीप यात्री र चन्द्रमणि मुडभरीको संयुक्त निर्देशनमा तयार भएको भिडियोलाई एन पी मिडिया सोलुसनले निर्माण गरेको हो । भिडियोमा भोला स्वयम् केन्द्रिय भूमिकामा प्रस्तुत भएका छन् भने अनुज अधिकारी र दिकेश थापाले उनलाई साथ दिएका छन् । भिडियोलाई जितेन्द्र राजोपाध्याले एनिमेसन मार्फत कलरफुल बनाएका छन् । जितेन्द्रको काम तारिफयोग्य रहेको कलाकार तथा निर्देशक यात्रीले बताए । भिडियोलाई राजेन्द्र डंगोलले खिचेका हुन् ।

माया ,प्रेम ,रोमान्स अनि धोका भित्र रुमल्लिएको चरित्रलाई कलात्मक रुपमा भिडियोमा प्रस्तुत गरिएको छ । बिमोचन पश्चात हेर्नेहरु सबैले भिडियोको तारिफ गरेको भन्दै सबैको साथ पाए आगामी दिनमा अझ उत्कृस्ट काम गर्ने अर्का निर्देशक मुडभरीले बताए ।