जन्म दिने आमा प्रति समर्पित सुरजको “आमा” सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ
विगत केही सयम देखि लोक साँगितिक क्षेत्रमा क्रियाशिल तथा संघर्षरत गायक तथा सञ्चारकर्मी सुरज आचार्यको नयाँ गीत “आमा” बजारमा आएको छ । जन्म दिने आमा प्रति सम्मान भाव राख्ने शब्दहरु समेटिएको गीत बजारमा आएको छ । “दश धारा आमाको दुधको मुल्य सायदै केहि संग तुलना गर्न सकिन्न । आमाको सन्तान प्रतिको माया अनि बुढेसकालको लाठि छोराहरुले आमाका निमित्त गर्न सक्ने त्याग र दुख बिचको आमाको मायाको भावलाई भिडियोले उठान गर्छ” कलाकार आचार्यले जानकारी दिए ।
aama suraj
सुरज आचार्यको शब्द, स्वर र करण तामाङ्को लयमा रहेको गीतमा लामो समय देखि रंग क्षेत्रमा स्थापित ५० भन्दा बढी चलचित्रमा अभिनय गरि सकेकी कलाकर मिश्री थापा संगै सुरज आचार्य र मिलन भुजेलको समेत अभिनय उक्त भिडियोमा रहेको छ । गीत काठ्माण्डौका विभिन्न ठाउँमा छायांकन गरिएको छ । गीत अभय सापकोटाको निर्देशन र रेशम अधिकारीको छायांकन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.