सेलिब्रेटी नेपाल काठमाडौँ
पत्रकार बाट गीतकार बन्ने संख्यामा एक जनाको नाम थपिएको छ पत्रकार राधिका अधिकारीको एकल गीति एल्वम ‘किनारा’ सार्वजनिक भएको छ। पत्रकारिता मार्फत देखेको समाजबाट परेको प्रभाव र आफूले भोगेको मानवीय संवेदनाका ज्वारभाटाका रुपमा ‘किनारा’ जन्मिएको अधिकारीले बताएकी छिन् ।
‘मैले देखेको र भोगेको समाज र त्यसले पार्ने मानवीय संम्वेदनाले छुँदा जन्मिएका शब्द गीत र गजलमा समावेश भएका हुन् ।’ ‘मैले जानेर लेखेको गीत र गजल होइन अनि जानेर नै ल्याएको एल्वम पनि होइन’, एल्वम सार्वजनिक कार्यक्रममा अधिकारीले भनिन्। कार्यक्रमका प्रमुख अथिति तथा एल्वमका समीक्षक डा. कृष्णहरि बरालले पनि गीत र गजलमा अन्तरहृदयबाट निस्किएका शब्द रहेको बताए । चार वटा गीतलाई ६ वटा ट्रयाकका रुपमा समावेश गरिएको ‘किनारा’मा समावेश गीत र गजलमा अञ्जु पन्त, राज सिग्देल, संगीता तिमल्सिना, सागर अधिकारी ‘सरद’, काव्य आचार्य र एन्जिला रेग्मीको स्वर रहेको छ ।