बिर बिक्रम दयाहाङ राई र दियाको पछि पछि (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
हँसिया चलचित्र बनाएर चर्चामा आउन सफल निर्देशक मिलन चाम्स निर्देशित दोस्रो चलचित्र ‘वीर विक्रम’को अफिसियल गीत रिलिज भएको छ । सार्वजनिक ‘सारे सारे..’ बोलको गीतमा दयाहाङ राई र दिया पुनः फिचरिङ छन् ।
dayahang rai
प्रेमभाव बोल्ने उक्त गीतमा स्वर दीपा लामा र ताराप्रकाश लिम्बुको छ । कर्णप्रिय गीतमा शब्द दिनेश राउतको तथा संगीत पनि गायक लिम्बुको नै छ । रेनशा वान्तवा राईले कोरियोग्राफी गरेकी छिन् । गीतमा दयाहाङको विल्कुलै फरल अबतार देख्न सकिन्छ ।
चलचित्रमा दयाहाङ र दियासँगै अनुपबिक्रम शाही र अर्पण थापा पनि लिड रोलमा छन् । नेपाल प्रदर्शन मिति तय हुन बाँकि सामाजिक कथामा बनेको चलचित्र अप्रिल २ मा लण्डनमा प्रिमियर हुँदैछ र त्यसपश्चात हङकङ प्रिमियरको तयारीमा पनि निर्माण युनिट छ ।