शाहरूख खानसँग के किन्ने पैसा भएन?


शाहरुख खान बलिउडका धेरै पारिश्रमिक बुझ्ने अभिनेतामा पर्छन्। उनले थाप्ने पारिश्रमिक र कमाइको आँकडा हेर्दा उनलाई उनका कुनै पनि इच्छाहरु पूरा गर्न गार्हो छैन् तर शाहरुखले आफूसँग पर्याप्त पैसा नभएका कारण आफ्नो एक इच्छा अधुरो नै रहेको बताएका छन्।
shahrukh-khan
शाहरूखले आफ्नो कमाइको ठूलो धनराशी फिल्ममा खर्च भएकाले इच्छा हुँदाहँदै पनि प्लेन किन्न नसकेको बताएका छन्। उनले भने, ‘ म प्लेन किन्न चाहन्छु तर मसँग पैसा छैन्। मैले मेरा सारा पैसा फिल्ममा लगाएको छु। मलाई आफ्नै प्राइभेट प्लेनमा यात्रा गर्न मन छ किनकी त्यसो भयो भने मैले अझ धेरै काम गर्न सक्छु। एकदिन पुग्ने पैसा भएपछि त्यो किन्ने छु।’उनले आफूसँग भएको पैसाले प्लेन किन्ने वा फिल्म बनाउने विकल्प भएकोमा आफूले भएको पैसा फिल्ममा लगाएको बताए।

Copyright © 2012 - 2026 | All Right Reserved.