ऐतिहासिक चलचित्र नालापानी प्रि प्रोडक्सनमा


सेलिब्रेटी नेपाल काठमाडौँ
ऐतिहासिक र मौलिक चलचित्रको नाममा दर्जनौ नेपाली चलचित्र बनि सकेका छन् । बिगत ४ बर्ष देखि लामो खोज अनुसन्धान गरेर निर्माण गर्न लागिएको नेपालीहरुको बहादुरिता र नेपालको इतिहासमा रहेर बन्न लागेको चलचित्र ‘नालापानी’ यति खेर प्रिप्रोडक्सन रहेको छ । नालापानी हरेक नेपालीको कथा हो, गौरव हो र नेपाली को बहादुरिता, युद्ध कौसल, इमान्दारिता र साहसको पराकाष्ठको उपज भएकोले चलचित्रको माध्यमबाट बिश्वलाई देखाउनका लागि राम्रो चलचित्र बनाउनको लागि धेरै मेहनत गर्ने उनले बताए । Rimesh-adhikari
तस्वीर, बसमा छैन यो मन, म बिर्सु कसरी, बिरासत जस्ता धेरै चलचित्र निर्माण गरिसकेका र डकुड्रामा चलचित्र सहिद दुर्गा मल्ल को निर्माण तथा निर्देशन गरिसकेका अनुभवी निर्माता रिमेसले यो चलचित्र भदौ बाटै छाँयाकनको तयारी गरे पनि देशको परिस्थितिले अर्को सालको भदौमा चलचित्र सुटिङ्ग हुने बताए । यो बिचमा नालापानी चलचित्रको थप अनुसन्धान भैरहेको छ । अहिले चलचित्रको प्रि–प्लानिङ र प्रि–प्रोडक्सन भैरहेको छ । त्यतिमात्र होईन लाखौं रुपैया लगाएर यस चलचित्रको लागि चाहिने पोसाक तयार भैसकेको छ भने पुराना हतियार समेत तयार गरेका छन् । प्राय सबै कलाकार फाइनल भैसकेका रिमेशले बताए ।पदमा कुमारी फिल्मस प्रा.लि.को ब्यानरमा बन्न लागेको ऐतिहासिक चलचित्रको लेखनर निर्देशन शिवम अधिकारीको रहेको छ ।