भुवनको ड्रिम्समा अनमोल र साम्राज्ञी (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
सदाबहार अभिनेता भुवन केसीले अब अभिनेता मात्रै होइन निर्देशक पनि बनेका छन् । उनले निर्देशन गरेको पहिलो चलचित्र‘ड्रिम्स’ प्रचार प्रसारमा उत्रिएको छ चलचित्र ट्रेलर र फस्ट लुक सार्वजनिक गरिएको छ । भुवनकै छोरा अनमोल केसी र साम्राज्ञी राज्य लक्ष्मी शाहले चलचित्रमा मुख्य भूमिकामा अभिनय गरेको यो चलचित्र मार्फत अभिनेताका रुपमा सफल भूवन निर्देशकका निर्देशकका रुपमा पहिलो पटक बाहिर आएका हुन ।
anamol-kc-dreams
करोडपतिदेखि नेपालीबाबुसम्मका सफल चलचित्र निर्माण गरेका भुवनले निर्देशनका लागि भने प्रेमकथा रोजेका छन् । नयाँ पुस्तामा रुचाइएका अभिनेता अनमोलले अभिनय गरेका कारण पनि ‘ड्रिम्स’ को चर्चा घोषणादेखि नै हुँदै आएको छ । चलचित्र फागुन २१ मा रिलिज हुने बताइएको छ । चलचित्रकोको पटकथा सामीप्यराज तिमल्सेनाले लेखेका हुन् भने विशेष पाण्डेले संगीत दिएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.