चर्चित नायिका रेखा अब गायिका गाइन लालजोडी


सेलिब्रेटी नेपाल काठमाडौँ
नायिकाबाट गायिका बन्ने हरुको लिस्टमा अब नायिका रेखा थापा पनि थपिएकी छिन अहिलेकी नेपाली चलचित्र क्षेत्रकि जल्दी बलदी नायिका रेखाले चलचित्र पत्रकार लक्ष्मणसुबेदीको लेखन, गीत, निर्माण र निर्देशनमा बन्न लागेको चलचित्रका लागि रेखाले आफ्नो आवाजमा गीत रेकर्ड गरेकी हुन् । रेखा र प्रह्लाद तिमिल्सिनाको स्वर रहेको ‘माँ कसम’ गीत पुतलीसडकस्थित आवर स्टुडियोमा रेकर्ड गरियो । थानेश्वर गौतमको संगीत रहेको गीत निर्देशक सुवेदी आफैँले लेखेका हुन् । रेखाले निकै मिहिनेत गरेर गीत गाएको बताइन् । ‘मलाई अफर आएपछि मैले धेरै प्राक्टिस गरेँ,’ उनले भनिन्, ‘हुन त, पहिला पनि मैले गीत गाइसकेकी थिएँ । तर, यत्तिको हाई पिचको गीत भने गाएकी थिइनँ ।
rekha-thapa-laal-jodi-movie
दिलासा क्रिएसनको ब्यानरमा लक्ष्मणकै लेखन, गीत, निर्माण र निर्देशनमा बन्ने चलचित्रका कलाकार भने सार्बजनिक गरिएको छैन । माघ पहिलो सातादेखि सुटिङ सुरु गरिने बताइएको चलचित्रमा जम्मा चार गीत रहने छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.