नायक सविन र अनुको लक्ष्य के हो त ? (भिडियो सहित)


सेलिब्रेटी नेपाल काठमाडौँ
नेपाली कथानक चलचित्र लक्ष्यको फस्टलुक तथा ट्रेलर सार्वजनिक गरिएको छ । शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी ‘लक्ष्य’को ट्रेलर तथा पोस्टर सार्वजनिक गरिएको हो । साङ्गीतिक एक्सन प्रधान भनेर घोषणा गरिएको लक्ष्यलाई निर्देशक मिलन आले मगरले निर्देशन गरेका हुन । एक्सन प्रधान भनिएको चलचित्र चैत्र ५ गते देखि देश भर प्रदर्शनमा आउने छ
nepali-movie-lakshya
रमेश बुढाथोकी, योगेन्द्र श्रेष्ठ, उत्तम केसी, सविन श्रेष्ठ, अनु शाहल, सुनिल थापा सारीका केसी, भानुप्रताप कमल आले, निरु महरागायतका कलाकारको अभिनय रहेको लक्ष्यमा पछिल्लो समय चर्चामा रहेका संगीतकार अर्जुन पोखरेलको संगीत समावेश गरिएको छ । हिमाल केसीको द्धोन्द रहेको यो चलचित्र सुमन तण्डुकारले खिचेका हुन । रामजी लामिछानेको नृत्य निर्देशन रहेको चलचित्रको कथा सुशिल पंगेनीले लेखेका हुन । चलचित्रमा ओमलाल गुरुङ र किरण गुरुङले सयुक्त रुपमा लगानी गरेका छन् । चलचित्रको सार्वजनिक ट्रेलरमा एक्सनका साथमा गीत संगीतलाई प्राथमिकतामा राखिएको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.