गायक लाक्पा जिरी घुम्न जाँदा कसको माया जालमा फसे (भिडियो)


गायक लाक्पा शेर्पा अमोदको दोस्रो सोलो एल्बम ‘मायालु’मा समाबेश म घुम्न जाँदाको म्युजिक भिडियो सार्बजनिक भएको छ । सेलिब्रेटी नेपालले प्रस्तुती रहेको भिडियो लाइ युबराज खत्रीले निर्देशन तथा सम्पादन गरेका हुन् । लाक्पा शेर्पा अमोदको स्वर रहेको गीतमा सोनाम शेर्पाको शब्द तथा संगीत रहेको छ । भिडियोमा गायक आफैले अभिनय गरेका छन् । उनलाई जाङमु शेर्पाले साथ दिएकी छिन ।
Llakpa-sherpa-amod
गायक लाक्पाको यो दोस्रो एल्बम हो १ वर्ष पहिले उनले ६ वटा गीत समाबेश सोलो एल्बम ‘अल्लारे जोवन’ बजारमा निकालेका थिए । अहिले उनको दोस्रो एल्बम ‘मायालु’ तयार भएको छ । नेपालमा भएका विभिन्न सांगीतिक कार्यक्रम हरुमा आफ्नो प्रस्तुति दिई रहेका गायक लाक्पा भन्छन नेपालमा संगीत बजार नै छैन कसरि नयाँ गीत बनाउनु कतै बाट पनि कलाकार लाइ प्रोत्साहन छैन जता ततै खर्च मात्र हुन्छ फिर्ता हुन्न । राम्रो सफल गायक बन्न सकेमा देश विदेशमा हुने विभिन्न कार्यक्रम बाट खर्च चलाउन सकिन्थ्यो भन्ने उनको बुझाई रहेको छ । उनि अचेल कला साधनमा लागि परेका छन् । आफ्नो स्वरमा निखारपन ल्याउन उनि सक्दो मेहनत गरि रहेका छन् भबिस्यमा एक सफल गायकका रुपमा आफ्नो परिचय बनाउनेमा उनि बिस्वस्त रहेका छन् ।

पैसा मात्र होइन कला क्षेत्र बाट आफु चिनियर दर्शक श्रोताको मनमा बस्न पाय हुन्थ्यो भन्ने लाक्पा को सोच छ यसै अनुरुप उनि दर्शक श्रोताको चाहना अनुसारको गीत गाउँदै संगीत लाइ निरन्तरता दिने योजनामा रहेका छन् उनलाई परिवार बाट पनि सांगीतिक क्षेत्रमा लाग्न पूर्ण सपोर्ट रहेको उनि बताउ छन् । कलाकार भनेका दर्शक श्रोताको खुसीमा रमाउने हुन् उनि हरुको दुख पिडा लाइ दबायर पनि दर्शक माझ हाँसेर देखा पर्नु पर्ने बाध्यता छ त्यसैले लाक्पाले संगीत बाट पैसा कमाउने भन्दा पनि दर्शकको माया पाउने आशा राखेका छन् ।
भिडियो हेर्नुस >>>>>>

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.