सेलिब्रेटी नेपाल काठमाडौँ
नेपाली कला संगीतको बजार ओरालो लाग्दै गय पनि कला क्षेत्रमा प्रवेश गर्ने चाहने युवा युवतीको कमि छैन । नेपाली कला क्षेत्रमा लागेर नाम र दाम दुवै कमाउन सकिन्छ भन्ने कुरा थुप्रै सेलिब्रेटी हरुको उदाहरण बाट प्रस्ट भइसकेको छ । लामो समय देखि संगीतको कोर्स लिई रहेका राहुल रक्सको पहिलो रेकर्डेड गीत एक नजर तिमीले के हेर्यौको म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ ।
रोमान्टिक शैलीको गीत भएकोले गीतको भिडियो पनि रोमान्टिक नै बनाउन खोजिएको छ । सेलिब्रेटी नेपाल प्रोडक्सनले निर्माण गरेको भिडियोलाइ सुमन साउदले निर्देशन गरेका हुन् ।
युबराज खत्रीले छायांकन गरेको भिडियोलाइ अहिलेको डिजिटल प्रविधिको प्रयोग गरेर गुणस्तरिए बनाउने सक्दो प्रयास गरिएको छ । सृस्टि थापाले रचना गरेको गीतमा मनोजराजले संगीत भरेका छन् ।
अहिलेकी चर्चित र ब्यस्त नायिका केकी अधिकारी र प्रतिभा भएका मोडल युमेश रुपाखेतीको अभिनय रहेको भिडियोलाइ गोदावरीमा छायांकन गरिएको हो ।