रेखा र जीवनको जोडदार एक्सन जाउ हिड पोखरा ट्रेलर


सेलिब्रेटी नेपाल काठमाडौँ
नायिका रेखा थापा र जीवन लुइटेलको मुख्य अभिनय रहेको चलचित्र “जाउ हिड पोखरा” को ट्रेलर रिलिज गरिएको छ ।प्रतिक्षित चलचित्र ‘जाऊ हिड पोखरा’ लाई शोभित बस्नेतले निर्माण तथा निर्देशन गरेका हुन् । चलचित्र मंसिर ११ गतेदेखी देशभरका सिनेमा घरमा एक साथ प्रदर्शनमा आउदै छ । कमेडी तथा एक्शन चलचित्र ‘जाउ हिड पोखरा’ को सार्वजनिक ट्रेलरमा रेखा थापा र जिवन लुईटेलको एक्सन लगायतका दृश्य देखाइएको छ ।
Jau-hinda-pokhara-poster
चलचित्रमा रेखा र जीवनको अलवा सम्राट सापकोटा, आरुष गुरुङ, जी के शर्माको साथमा निर्देशक बस्नेतको समेत मुख्य भुमिकामा अभिनय रहेको छ ।सलोन फिल्मस्को ब्यानरमा सलिना बस्नेतको प्रस्तुति रहेको चलचित्रका निर्माता राम गौतम हुन् भने कार्यकारी निर्माता गणेश ढकाल रहेका छन् । फिल्ममा राजेन्दै खडगीको द्धन्द, ध्रुव लम्सालको पटकथा तथा गणेशकुमार श्रेष्ठको छायांकन रहेको छ । त्यस्तै फिल्ममा शंकर बिसी, शोभित बस्नेत र रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.