नयाँ दशैं गीत रीस्ता र बिकाशको छमछमी (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
नेपालीहरुको महान् चाड विजयादशमी नजिकिदै गर्दा दसैं सम्बन्धी धेरै गीत सार्वजनिक हुने क्रम बढिरहेको छ । यस्तैमा गायक महेस क्षेत्रीको स्वरमा “रमाइलो चाड ” सार्बजनीक भएको छ । गीतमा दीपक थापाको शब्द र शंकर थापाको संगित रहेको छ ।दशैमा रमाइलो गर्दै खुशी बढ्न आग्रह गरेको यो गीतलाई दर्शक स्रोताले मनपराउने गायक महेस बताउछन् । यस्तै दशैमानै रिलीज हुने चलचित्र अधक्ट्टीकी नायीका समेत रहेकी रिस्ता बस्नेत पनि गीतलाई दर्शकले रुचाउनेमा दुक्क छिन् ।
Bikash-rista
शंकर अधिकारीको निर्देशन रहेको भिडियोमा रिस्ता बस्नेत र विकास लामिछानेको अभिनय देख्न सकीन्छ । सन्दीप भुजेलले नृत्य निर्देशन गरेको यो गीतमा रामेश्वर हुमागाईको छायांकन नविन पन्तको सह–निर्देशन र नविन निरौलाको सम्पादन रहेको छ । यसै बर्ष आफ्नो एकल एल्बम बजारमा ल्याउने तयारीमा रहेका महेशको यो दोस्रो गीत हो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.