मोडल सुमन राना सिजमको गीतमा अमेरिकामा


सेलिब्रेटी नेपाल काठमाडौँ
कलाकारिता मोह भनेको स्वदेशमा रहंदा होस् वा बिदेशमा रहंदा रही नै रहने रहेछ । लामो समय देखि अमेरिकाको लोउइस मा बसोबास गर्दै आएका सुमन राना नेपाली कला छेत्रमा आफ्नो परिचय स्थापित गर्न लागि परि रहेका छन् । अमेरिकामा भए पनि नेपाली कला र गीत संगीत बाट टाढा हुन नसक्ने कुरा बताउने सुमन अमेरिका बाट नै आफ्नो अभिनय निखार्दै नेपाली कला क्षेत्रमा लागि परेका छन् ।
Suman-Rana
आधा दर्जन भिडियोमा अभिनय गरि सकेका सुमन पछिल्लो पटक नेपाली संगीत छेत्रमा आफ्नो छुटै नाम बनाउन सफल गायक सिजम सिंजालीको गित चिसो चिसो बोलको गीतमा अभिनय गरेका छन । सिजम सिंजाली एल्बम जिबन्त २ मा रहेको यो गीतको भिडियो चाडै बजार मा आउदै छ उनलाई पिन्गुली सागरले साथ दियका छन् । यो गीतको निर्देशन सम्पादन अमेरिका मै बसोबास गर्दै आएका जी. आर. अधिकारीले गरेका छन् सिजमको दोश्रो एल्बममा रहेको म जल्छुको भिडियोले राम्रै चर्चा पाएको थियो अब यो अर्को भिडियोले उनलाइ थप चर्चा दिन्छ ।