प्रेमिकाले धोका दिएपछि अवि आङ् तनाबमा (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
गत वैशाख १२ गते गएको बिनाशकारी महाभूकम्पबाट सारा नेपाली अन्योलमा परिरहदा, देश नै रोईरहेको अबस्थामा ति दुखेको मनहरुको अनुहारमा खुशी छाउनकोलागी मनोरंजन क्षेत्रबाट बिभिन्न किसिमका गीतहरु बजारमा आइरहेका छन् । यसै क्रममा अवि आङ् लिम्बुले भर्खरै मात्र बजारमा तपाईहरुको लागि नयाँ गीत पस्केका छन् । यसै बीच नेपाली गायक संगीतकारहरुले विभिन्न किसिमको भूकम्प सम्बन्धि गीतहरु गाएर मनोरंजन र संदेश दिने काम पनि धमाधम गरि रहेका छन् ।

भनिन्छ गीत संगीत जिउने आधार हो अनि साथीसंगी पनि हो । पछिल्लो केहि बर्ष यता नेपाली गीत संगीत क्षेत्र निक्कै मौलाउदै गएको पाइन्छ । अझ भन्नै पर्दा जो आफनो जन्म थलो नेपाललाई छाडेर प्रवासको भूमिमा कर्म थलो बनाई रहनु भएका कयौ नेपाली सर्जक पनि कम छैनन् । प्रबासको बसाई संगै कामको बाबजुद पनि आफ्नो जन्मभुमि र स्वदेशको यादमा आफना भावनाहरु सब्द मार्फत पोख्ने गरेको पाइन्छ ।
Om-Prasai
यस्तै पछिल्लो समय रोजगारका लागि मध्य पुर्बी राष्ट्र इजरायल पुगेका नेपाली दाजुभाई तथा दिदिबहिनिहरुले आफनो देशको शिर उच्च राख्न हरेक कोणबाट बिभिन्न कार्यहारु गरेको पाइन्छ । गीतहरु लेख्ने, कथाहरु लेख्ने, गजलहरु लेख्ने र कत्तिले त्यस्लाई पुस्तक मार्फत छापेर प्रकाशनमा समेत ल्याएका छन् । यसै बीच नेपाली गायक, संगीतकारहरुले विभिन्न किसिमको गीतहरु गाएर मनोरंजन र संदेश दिने काम नेपाली सुगम संगीतमा धेरैले धमाधम ख्याती पाईरहेका छन् ।

यस्तै पछिल्लो समय गीत संगीतको क्षेत्रमा चर्चा कमाउदै आएका गायक तथा कम्पोजर बिश्व शान्त राईको स्वरमा रहेको अवि आङ् लिम्बुको संयोग एल्बममा रहेको “पानीमा फुल्ने कमल फूल” बोलको गीत अहिले सांगीतिक क्षेत्रमा चर्चाको बिषय बनेको छ । यस गीतमा आफ्नो प्रेमिकाले छोडेर गए पनि उनलाई ति बिगतका पलहरुले सताई राहेको छ, त्यो अबस्थामा उनीले अर्को प्रेमिकालाई लिएर हिडेपनि उनि भन्छन पहिलो प्रेम जस्तो दोस्रो प्रेम कहा हुदो रहेछर भन्ने संदेश भिडियो मार्फत अवि आङ् लिम्बुले प्रस्तुत गरेका छन् । यस म्युजिक भिडियोलाई इजरायलको बिभिन्न स्थानमा छायांकन गरिएको हो ।

गीतलाई अवि आङ् लिम्बुको रचनामा बिश्व शान्ता राईले आफ्नो मिठासपूर्ण स्वर भरेका छन् । त्यस्तै यस गीतमा आफ्नो कलालाई प्रस्तुत गर्ने क्रममा अवि, रोहित , युनिका, प्रिश्किलाले आफ्नो उत्कृष्ट अभिनय पस्केका छन्, सो गीतको छायांकन तथा डाईरेक्सन अनिल सिंह राजपुतले गरेका हुन् भने एरेन्जर किरण कंडेलले गरेका छन् । त्यस्तै पछिल्लो समय प्रबासको बसाई सकेर आफ्नै जन्मथलोमा केहि गर्नु पर्छ भन्ने मान्नेता राख्ने र छोटो समयमा नै आफ्नो नाम प्रसिद्ध राख्दै आएका ओम प्रसाईले यस गीतको सम्पादन गरेका छन् । उक्त गीतलाई त्रिबेणी फिल्मस् ले बजारमा ल्याएको छ ।

भिडियो हेर्नुहोस

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.