कला सुब्बाको साथमा तायाहाङमाले वितरण गरिन् राहत


सेलिब्रेटी नेपाल काठमाडौँ
गत बैशाख १२ गते गएको विनाशकारी भुकम्पमा परि पिडित हुनेहरुका लागी राहत वितरण कार्यक्रम चलिरहेको समयमा राजारानी धनकुटाबाट लिएर आएको राहत कला सुब्बाको साथमा तायाहाङमाले वितरण गरेका छन् । राहत वितरण नुवाकोटको चतुराले गाविसको थुर्पुगाउमा गरिएको हो ।
१३५ घरधुरीलाई वितरण गरिएको चामल केही समय अगाडी धनकुटा राजारानीमा चण्डिपुर्णे मेलाको अवसर पारेर साङ्गीतिक साझ आयोजना गरिएको कार्यक्रमबाट उठेको रकम हो । kala-subba
आयोजक राजारानी फुटबल क्लवका अनुप सुब्बा, मानि चेम्जोङ र बिजु राईले सो रकम उपलब्ध गराएका हुन् । कार्यक्रम गर्नको मुख्य उद्देश्य पर्यटन प्रवर्दन साथमा भुकम्प पिडितका लागी राहत संकलन गर्नु थियो । सो कार्यक्रममा सहभागी कलाकारहरु राजेश पायल राई, तायाहाङमा राई, कुन्ति मोक्तान, सुगम पोखरेल, दिपक लिम्बु र इन्दिरा जोशी लगायत न्यु गरिमा डान्स सेक्टरका कलाकारहरुले नृत्यपनि प्रस्तुत गरेका थिए । साथमा स्थानीय कलाकारहरुको सहभागिता रहेको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.