यस बर्षकी मिस नेपाल बनिन् इभाना मानन्धर


(सेलिब्रेटी नेपाल) काठमाडौँ
बार्षिक रुपमा छनोट हुने मिस नेपाल प्रतियोगितामा आफ्ना १८ प्रतिस्पर्धीहरुलाई हराउदै इभाना मानन्धर ‘हिडेन ट्रेजर फ्यान्टा मिस नेपाल २०१५’ बन्न सफल भएकी छिन् । इभानाले मिस नेपाल २०१५ को ताज जित्दा फस्ट रनरअप दिव्यता बैद्य भइन्, भने सेकेन्ड रनरअप मेधा कोइराला बनिन् । विजेता इभानाले १ लाख पुरस्कार र मिस नेपाल अर्थ फस्ट रनरअपले ६० हजार र मिस नेपाल इन्टरनेसनल सेकेण्ड रनअरले ४० हजार पुरस्कारसंगै ताज जितेका छन् ।
Miss-nepal-2015
शनिबार बेलुकी काठमाण्डौको अन्नपूर्ण होटलमा आयोजना भएको कार्यक्रमबाट मिस नेपालको छनौट गरिएको हो । त्यस्तै सब टाइटलमा पुजा श्रेष्ठ मिस ट्यालेन्ट, मिस पर्शनालिटी इभाना मानन्धर, ब्युटि विथ पर्पोज रेबिका क्षेत्री लगायत भएका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.