विकासको शब्दमा आकृतिको स्वर (भिडियो)


(सेलिब्रेटी नेपाल) काठमाडौँ
संचारकर्मीहरु संचार कर्ममा मात्र नभई अन्य विधामा पनि सक्रीय हुने क्रम बढेको छ । संचारकर्मीहरु चलचित्र लेखन,गीत लेखन,म्युजिक भिडियो निर्देशन हुँदै चलचित्र निर्देशनमा समेत व्यस्त हुन थालेका छन् । संचारकर्मी विकास लामिछाने पनि गीत लेखनमा लागि परेका छन् बिकाशको शब्द आकृती आचार्यको स्वरमा समावेश ‘छाड्दिन भन्थेउ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । यो गीतमा टंक बुढाथोकीले संगीत भरेका छन् ।
Bikash-lamichane
सार्वजनिक गीतमा गायिका आकृती र रविन अधिकारीले अभिनय गरेका छन् । यो भिडियोलाई जिवन रसाइलीले निर्देशन गरेका हुन् । यो गीतमा प्रेम र भावनाका कुरा जोडिएको छ । पैसाका लोभका कारण प्रेमीले छाडेपछि प्रेमिकाले भोगेको पीडालाई भिडियोमा देखाइएको छ । भिडियोको सम्पूर्ण छायांकन अष्ट्रेलियामा नै गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.