नयाँ बर्षको गीत संगै रतन सार्बजनिक


(सेलिब्रेटि नेपाल) काठमाडौँ
नेपाली संगीत बजार ओरालो लागि रहे पनि नयाँ गायक तथा संगीतकारहरुको आगमन भने रोकिएको छैन यसै क्रममा २०७२ सालको नयाँ वर्षलाई लक्षित गर्दै रतन चन्दले ‘रतन’ नामक गीति एलबम बजारमा ल्याएका छन् । उक्त एलबममा ‘नयाँ वर्ष आयो है’ बोलको एउटा एउटामात्रै गीत समेटिएको छ । विवेक मल्लले निर्माण गरेको उक्त गीतमा मिग्मा शेर्पा, श्याम सामसोङ, गिरीष खतिवडा र सीमा संग्रौलाले श्वर दिएका छन् भने रतन चन्द र सुरेश राईले संगीत भरेका छन् ।
Ratan-audio
राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईलगायतले संयुक्त रुपमा सार्वजनिक गरिएको उक्त गीतको शब्द भने रतन चन्द नै रहेका संगीतकार सुरेश राईले जानकारी दिए । एल्बमको बिक्रि राम्रो नहुने भएकोले एउटा मात्र गीत रेकर्ड गरेर बजारमा ल्याएको बताए एउटा गीतले राम्रो बजार लिएको खण्डमा अरु गीतहरु रेकर्ड गरेर बजारमा ल्याउने रतन चन्दले जानकारी गराए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.