व्यस्त छायाँकार बन्दै बिरेन्द्र भट्ट


(सेलिब्रेटि नेपाल) काठमाडौँ
डोटी जिल्लाको छतिवनमा २५ बर्ष पहिले जन्मिएका बिरेन्द्र भट्ट बिगत १२ बर्ष देखि काठमाडौँ खाल्डोमा आफ्नो करिएर बनाउने धुनमा लागि परेका छन् । यो १२ बर्षमा उनले करिब १०० वटा म्युजिक भिडियो र ९ वटा फिचर फिल्म खिची सकेका छन । भट्टको आशातित चलचित्र धुन प्रदर्शनको क्रममा रहेको छ । बैशाख १८ गते बाट देश ब्यापी प्रदर्शनमा आउने धुनका छायाँकार भट्ट धुनले आफ्नो करिएरमा एउटा इट्टा थप्ने विश्वासमा छन् । माई ब्रदर,चिहान,एक सय एक,शिवा,आरोप,लगाएतका चलचित्र खिचेका भट्ट अब बिस्तारै ब्यस्त क्यामेरा मेनको श्रेणीमा पर्दैछन् । Birendra-bhatta
दुइवटा चलचित्रको छायाँकारको रुपमा अनुबन्धित भइसकेका बिरेन्द्र आफ्नो क्षमतालाई बढाउनको लागि क्यामेरा सम्बन्धि विभिन्न जानकारी हरुको अध्यनमा पनि व्यस्त भइरहेका छन् । समय अनुसारको प्रबिधि अनुसार आफु लाइ ढाल्दै र परिस्कृत गर्दै लगेमा मात्र सफल हुन सकिन्छ भन्छन् भट्ट । भबिस्यमा आउने नयाँ प्रबिधि अनुसार पनि आफु लाइ परिमार्जित गर्दै लग्ने र आफु एक सफल क्यामेरामेन बन्ने भट्टको लक्ष्य रहेको छ ।