हरेक शब्दको मुल्य खोज्दै गायक युवराज (भिडियो)


(सेलिब्रेटि नेपाल) काठमाडौँ
वर्ष २०७१ सालको सुपरहिट चलचित्र ‘नोभेम्बर रेन’ को “तिमीलाई के भनु” बोलको गीतबाट पार्श्व गायनमा एकाएक चर्चामा आएका गायक युवराज चौलागाईं पछिल्लो समयका ब्यस्त संगीतकर्मी मध्येका एक हुन् । चलचित्रको पार्श्व गायनसंगै गायनका अन्य विधामा समेत आफ्नो उलेख्य प्रभाव जमाएका चौलागाईंले हालै एक मर्मस्पर्शी गीतमा संगीतसहित आफ्नो स्वर भरेका छन् ।
Yubraj-chaulagai
‘शब्द’ नामक एल्बमको “हरेक शब्द” बोलको गीतमा गायक चौलागाईंले दिपिका रिमाल थापाको मर्मस्पर्शी शब्दमा संगीत तथा स्वर सजाएका हुन् | चर्चित एरेन्जर राजन इशानले एरेन्ज गरेको उक्त गीतको भिडियो मंगलबार सार्वजनिक भएको छ । भुषण दाहालले निर्देशन गरेको भिडियोमा मेनुका प्रधान फिचरिंग छिन् । गाम्भिर बिष्टको कोरियोग्राफीमा धिरजजंग शाहले खिचेको भिडियोलाई भरत रेग्मीले सम्पादन गरेका छन् ।

बिगत एक दशकदेखि नेपाली संगीतमा सक्रिय तथा ब्यस्त युवा पार्श्व गायक चौलागाईंका पछिल्लो समय ‘तिमीलाई के भनु’,’डोला डोला’,’लैजा चरी’,’साझ पख’,’घिटी घिटी’,लगायतका दर्जनौ गीत दर्शक श्रोताका मनमस्तिष्कमा गुन्जीरहेका छन् । यसैबीच,बिग ब्यानरको आउदो चलचित्र ‘क्लासिक’का गीतहरुमा समेत उनको स्वर सुन्न पाइने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.