करोड बजेटको चंखे शंखे पंखेको ट्रेलर सार्बजनिक


(सेलिब्रेटि नेपाल) काठमाडौँ
निर्देशक सुर्दशन थापा महँगो बजेटमा चलचित्र बनाउने निर्देशक हुन भन्दा फरक नपर्ला । उनको चलचित्रको बजेट करोडको हाराहारी पुग्ने गर्दछ करोड भन्दा पनि बढी लगानीमा निर्माण भएको चलचित्र ‘चंखे शंखे पंखे’को ट्रेलर सार्बजनिक गरिएको छ । बिहिवार राजधानीमा रात्री भोज सहितको निकै ठूलो जमघटका बीच आयोजित समारोहमा ‘चंखे शंखे पंखे’को ट्रेलर सार्बजनिक संगै थप दुई प्रोजेक्ट निर्माणको घोषणा पनि गरियो ।
Chankhe-Shankhe-Pankhey
पब्लिसिटी बाहेक निर्माणमा मात्र १ करोड १० लाख लगानी लागेको चंखे शंखे पंखे आउँदो जेठ १ गते रिलिज हुने चलचित्र हो तर उक्त टिमले सो चलचित्र रिलिज भएको ठीक दुई महिना पश्चात फ्लोरमा जानेगरी ‘प्रेम गीत’ नामक अर्को करोड बजेटको चलचित्र निर्माण गर्ने एवं चलचित्रकी मुख्य नायिका पूजा शर्माले पनि चंखेका निर्माता सन्तोष सेनसंग मिलेर आफैले एक नयाँ चलचित्र निर्माण गर्ने घोषणा समेत गरिएको छ । मीरा टाइटल रहने फिमेल ओरेन्टेड पूजाको चलचित्रमा पूजा आफै हिरोइन चाँहि हुने छैनन् । उक्त समारोहमा पूजाले एडिटर ट्रन्स् डाईरेक्टर सुरेन्द्र पौडेल आफ्नो फिल्मको निर्देशक हुने भन्दै परिचय समेत गराएकी थिईन् ।
sudarshan-thapa-chankhe
चंखे शंखे पंखेमा चाँहि उनलाई टेलिभिजन रिपोर्टरको भूमिकामा देख्न सकिन्छ भने यस्तै बन्न लागेको अर्को चलचित्र ‘प्रेमगीत’ मा चाँहि पूजालाई लभर गर्लको रोलमा देखिने बताईएको छ । ‘प्रेम गीत’ मा प्राविधिकहरु तर्फ चंखे शंखे पंखेकै टिम दोहोरिने छ

Copyright © 2012 - 2026 | All Right Reserved.