झोला बैसाख ११ बाट फेरी देशभरका सिनेमा घरमा


(सेलिब्रेटि नेपाल) काठमाडौँ
सय बर्ष पहिले नेपाली समाजमा विद्धमान सती प्रथाको विषय उठान गरेको मौलिक चलचित्र ‘झोला’ सिनेमा घरमा पुनः प्रदर्शनमा आउने भएको छ । साहित्यकार कृष्ण धारावासीको ऐतिहासिक कथामा आधारित यो चलचित्र निर्माण युनिटले आउँदो नयाँ बर्ष २०७२ सालको बैसाख ११ गते देशव्यापी रुपमा चलचित्र पुनः प्रदर्शनमा आउन लागेको जानकारी गराएको छ ।

गत बर्ष २०७० साल माघ २४ मा रिलिज भएर दर्शकको राम्रो साथ पाएको यो चलचित्र औपचारिक रुपमा पुनः प्रदर्शन हुनु नेपाली चलचित्र ईतिहासमा नै पहिलो हो । यसअघी पहिलो रिलिजमा व्यवसायिक असफलता हात पारेपछी चलचित्र ‘बलिदान’ पनि दोश्रो पटक हलमा ल्याईएको थियो ।
Jhola-poster
‘झोला’ सामाजिक सञ्जाल युट्युवमा पनि नआउने तथा यसको डिभी भिसिडी पनि सार्वजनिक नहुने यसअघी नै निर्माण टिमले बताउँदै आएको छ । देश तथा विदेशका विभिन्न फिल्म फेस्टिभलहरुमा प्रदर्शन भईसकेको यो चलचित्र नेपालबाट ओस्कार अवार्डको लागी पनि छनोट भएको थियो भने अभिनेत्री गरिमा पन्तले यो चलचित्रबाट ‘सार्क फिल्म फेस्टिभलमा उत्कृष्ट नायिकाको अवार्ड समेत हात पारेकी थिईन् ।

यो चलचित्रले सार्क फिल्म फेस्टिभलसँगै ‘वासिङ्ग्टन वेस्ट फिल्म फेस्टिभल अमेरिका, गोवा ईन्टरनेशनल फिल्म फेस्टिभल भारत, दिल्ली ईन्टेनेशनल फिल्म फेस्टिभल भारत, डेनेभर ओमेन फिल्म फेस्टिभल कोलोराडो’ लगायतका विभिन्न अन्तर्रा्ष्ट्रिय चलचित्र महोत्सवहरुमा नेपालको प्रतिनिधित्व गरेको थियो ।

गरिमा पन्तसँगै देशभक्त खनाल, दिपक क्षेत्री, सुजल नेपाल, लक्ष्मी गिरी लगायतको अभिनय छ । चलचित्रमा राजसँगै मालती शाह, सुशिल शाह, रामगोपाल श्रेष्ठले पनि लगानी गरेका छन् । ‘झोला’लाई पुनः प्रदर्शनमा एफडी कम्पनिले वितरणको जिम्मा लिएको छ । चलचित्र देशभरका ५० भन्दा बढी हलहरुमा प्रदर्शनमा आउने बताईएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.