प्रतिक्षित चलचित्र होस्टेल रिटर्न्सको ट्रेलर सार्बजनिक (भिडियो)


(सेलिब्रेटि नेपाल) काठमाडौँ
Suraj-bhusalबर्ष २०७१ नेपाली चलचित्र उद्योगको लागि सुखद रहेन नयाँ बर्ष २०७२ संगै नेपाली सिनेमा बजारमा पनि नयाँ संकेत देखा पर्ने आशा देखिएको छ । आशातित केहि चलचित्रहरु नयाँ बर्ष लागे संगै प्रदर्शनमा आउने छन् यसै क्रममा बैशाख २५ गते बाट प्रदर्शनमा आउने चलचित्र ‘होस्टेल रिटर्न्स’को ट्रेलर सार्बजनिक भएको छ । ‘सायद’ र ‘होस्टेल’को सफलता पछी दुर्गिस फिल्मस्ले निर्माण गरेको चलचित्र प्रति दर्शक मात्रै होइन सिंगो चलचित्र उद्योगले चलचित्र चल्ने आशा लिएको छ ।
Hostel-returns-suraj-bhusal
मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि ट्रेलर सार्बजनिक गरिएको हो । आयोजित चलचित्र ‘होस्टेल रिटर्न्स’ को ट्रेलर सार्बजनिक तथा निर्देशक सुरज भुसालको जन्म उत्सबको अवसरमा एक कार्यक्रममा प्रोजेक्ट ’शिक्षाका लागि होस्टेल रिटर्न्स’ प्रोजेक्ट बारे जानकारी दिइयो। नेपाल इडूकेसन सेन्टर” संग सहकारी गर्दै दुर्गिश फिल्मस्ले यो प्रोजेक्ट अघिसारेको बताईयो । सार्बजनिक गरिएको योजना अन्तर्गत दुर्गमका विद्यार्थीलाई तथा अन्य ब्यबसायिक शिक्षा लिन चाहने बिद्धार्थीलाई शैक्षिक सामाग्री र छात्रवृत्ति प्रदान गर्ने जानकारी दिईएको छ । चलचित्रमा सामाजिक उत्तरदायित्व हुनुपर्द छ भनेर यो प्रोजेक्ट अघि सारेको र यो सिनेमा पब्लिसिटी स्टन्ट नाभएको समेत रावलले बताए। चलचित्रमा सुशील श्रेष्ठ, शशी श्रेष्ठ, नाजिर हुसैन, अभय बराल , स्वस्तिमा खड्का, सुधाम सिके , लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा अष्ट महर्जनको द्वन्द र हरि हुँमागाईको छायांकन,सुरेन्द्र पौडेलको सम्पादन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.