महँगो चलचित्र चंखे शंखे पंखे मल्टीकप्टरको प्रयोग


(सेलिब्रेटि नेपाल) काठमाडौँ
नेपाली चलचित्र उद्योगमा निकै महंगो मेकरका रुपमा चिनिएका निर्देशक सुर्दशन थापाले ‘चंखे शंखे पंखे’ को एक दृश्य कैदका लागि मल्टीकप्टरको प्रयोग निकै मज्जाले गरेका छन् । चलचित्रमा प्रयोग हुने जम्मा २० सेकेण्ड दृश्यका लागि सुर्दशनले पुरै दिन लगाएर दृश्य कैद गर्दा सुटिङ माहोल समेत रोचक बनेको थियो ।
Chankhe-shankhe-pankhe
‘ आउँदो जेठ एक गते रिलिज हुने चंखे शंखे पंखेको उक्त सर्टका बारेमा सुर्दशनले यस्तो प्रतिक्रिया दिएका हुन । मंहगो खर्चका साथ शनिबार उनको टिमले ग्रयाण्ड डी हस्पिटल परिसरमा ३० सकेण्डको सुन्दर फुटेज कैद गरेपछि फिल्मको सुटिङ पूर्ण रुपमा प्याकअप भएको जनाएको छ । बर्ष ७१मा नेपालमा बनेका फिल्महरु मध्येकै सर्वाधिक बजेटमा बनेको भनिएको ‘चंखे शंखे पंखे’ यहि साता देखि औपचारिक प्रचार प्रसारमा पनि उत्रिदैछ जसको प्रचार प्रसारका लागि ३० लाख बजेट छुट्याएको निर्माता सन्तोष सेनले जनाएका छन् ।
Chankhe-shankhe-pankhe-poster

Copyright © 2012 - 2026 | All Right Reserved.