मायाले डुबायो सोनीकालाइ


(सेलिब्रेटि नेपाल) काठमाडौँ
गायिका सोनीका लामाको ”डुबायो मायाले …” बोलको नया म्युजीक भिडियो रिलिजको तयारीमा रहेको छ । देश-विदेशमा निक्कै चर्चा बटुलि रहेकी सोनीका गायिका मात्र नभएर मोडेलको रुपमा पनि ख्यातिप्राप्त छिन् । पवन गौतमको छायांकन तथा पछिल्लो समयमा निक्कै ब्यस्त बनेका सम्पादक ओम प्रसाईले दृश्य सम्पादन गरिरहेका छन् । विशेष गरेर डान्सिङ गीतमा यिनको लोकप्रियता बढ्दै छ ।
sonika-lama-singer
सोनिकाले पहिले बेसहारा नामक एल्बम निकालेकी थिइन् भने त्यसपछि आयो उनको ‘यो कस्तो यो जीवन’। यी दुई एल्बममा मात्र उनको गायकी क्षमता कैद भएन, त्यसपछि फेरि उनले निकालिन् तेस्रो एल्बम ‘सोनिकाको जवानी’। यस एल्बमबाट सोनिका राम्रैसँग चिनिइन् साङ्गीतिक बजारमा । अब उनी आफ्नो चौथो एल्बम ‘सोनिका’ लिएर आउँदै छिन् । यसपटक सोनीकाको यो गीतमा लुकेको रहस्य भने केहि दिन पछि सार्बजनिक हुने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.