नाइ नभन्नु ल ३ को सेन्टिमेन्टल गीत सार्बजनिक (भिडियो)


(सेलिब्रेटि नेपाल) काठमाडौँ
प्रतिक्षरित अर्को चलचित्र ‘नाइ नभन्नु ल ३’ को नयाँ गीत सार्बजनिक भएको छ । सार्बजनिक “यो मन बरु ढुंगा भए हुनत्यो..” गीतमा चलचित्रका प्राय सबै मुख्य कलाकारहरु फिचारिंग गरिएको छ, त्यो पनि आखा भरि आशुका साथ । सबै श्रोता दर्शकले ‘नाइ नभन्नु ल २’ का गायक प्रेमकै स्वोरको कल्पना गरेता पनि यस चलचित्रमा यसो भएको छैन । पुरानै चलचित्रको सिक्वेल भएता पनि यसमा पुरानै गायकको उपस्थिति पाइदैन । सार्बजनिक गीतमा नयाँ गायक संयोग योगीको स्वोर रहेको छ भने संगीत बसन्त सापकोटाको रहेको छ, त्यसतै गीतलाई बिकाश आचार्यले कोरेका छन् ।
Nai-nabhannu-la-3
वान टाईम सिनेमा प्रालीको व्यानरमा बनेको यस चलचित्रलाई नव निर्देशक मुस्कान ढकाल निर्देशन गरेका छन् । चलचित्रमा आर्यन सिग्देल, प्रियंका कार्की, अनुभब रेग्मी, संचिता लुईटेल, सुरजसिंह ठकुरी, संयम पुरी, आश्मा डीसी र सफला भटराईको मुख्य भुमिका रहेको छ भने चलचित्रलाई सफल निर्माता बिकाश आर्चायले निर्माण गरेका हुन् । चलचित्र चैत २७ बाट प्रदर्शनमा आउने भएको छ ।