आफ्नो प्रेमीकालाई नसर्माउन आर्यनको आग्रह (भिडियो)


(सेलिब्रेटि नेपाल) काठमाडौँ
बलिउडमा समेत निकै नाम चलेका नेपाली गायक उदित नारायण झाको नयाँ गीतको भिडियो सार्बजनिक भएको छ । संगीतकार अर्जुन पोखरेलले केहि दिनअघि मात्र मुम्बई पुगेर रेकर्ड गराएको गीत ‘सर्माएर लजाएर’ मा नायक आर्यन सिग्देल, अनु क्षेत्री र श्यामलाई फिचिरिङ गरिएको छ ।
Swarnim-Sapana
स्वर्णीम सपना नामक आधुनिक एल्बममा समाबेस उक्त गीतमा शब्द देवल भण्डारीले लेखेका हुन । चलचित्र नगरिकी चर्चित कोरियोग्राफर रिनाशा राईको निर्देशन बनेको यस भिडियोलाई रोशन श्रेष्ठ र रामकुमार केसीले क्यामेरामा कैद गरेका छन् । मुम्बईमा रेकर्ड गरिएका कुनै पनि गीतमा क्यालिटिमा सम्झौता नगरेको र यस गीतलाई पनि दर्शक-श्रोताले मन पराउनेमा संगीतकार अर्जुनले पूर्ण विश्वास देखाएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.